दफा २७
सरूवा दर्ता
(१) दफा २५ को उपदफा (२) मा लेखिएको भन्दा बढी अवधिको लागि एक क्षेत्रमा दर्ता भएको सवारी अर्काे क्षेत्रमा चलाउन परेमा सवारी धनीले दर्ताको प्रमाणपत्रसाथ आफ्नोे हालसालै खिचेको तीन प्रति पासपोर्ट साइजको फोटो र तोकिएको दस्तुर समेत संलग्न राखी तोकिएको ढाँचामा अधिकार प्राप्त अधिकारी समक्ष सरूवा दर्ताको लागि दरखास्त दिनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको दरखास्त परेमा अधिकार प्राप्त अधिकारीले दफा २३ बमोजिम निर्धारित मापदण्डका अधीनमा रही त्यस्तो सवारीको जाँचबुझ गरी सरूवा दर्ता गर्न उपयुक्त देखेमा त्यस्तो सवारीको सरूवा दर्ता गरी सवारी धनीलाई दर्ताको प्रमाणपत्र दिनु पर्छ ।